Logo

मन्त्री खतिवडाले दिए राजीनामा



काठमाडौं, १९ भदौ । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका छन् । खतिवडाले आज (शुक्रवार) साँझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर राजीनामा बुझाएका हुन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभा सदस्यको लागि उपाध्यक्ष तथा सचिवालय सदस्य वामदेव गौतमको नाम सिफारिश गर्ने निर्णय गरेको थियो ।

गौतम राष्ट्रियसभामा मनोनित हुने भएपछि खतिवडाले आज राजीनामा दिएका हुन् । यद्धपी आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिश गरेको छैन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot