Logo

रास्वपा संसदीय दलको बैठक जारी



काठमाडौं,वैशाख २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बसिरहेको छ। पार्टीको संसदीय कार्यालय सिंहदरवारमा अहिले बिहान ८ बजेबाट बैठक जारी छ ।

पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आजको बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने छ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाइरहेको माग तथा संसद्को बजेट अधिवेशनमा खेल्नुपर्ने भूमिका लगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनको भनाई छ ।

त्यस्तै इलाम निर्वाचन क्षेत्र नं। २ को सम्पन्न उपनिर्वाचनका सम्बन्धमा छलफलसँगै समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीतिका सम्बन्धमा पनि छलफल जारी रहेको रास्वपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot