Logo

१४ वर्षीय किशोरद्वारा १५ वर्षीया किशोरी बलात्कृत



काठमाडौं, २४ भाद्र । सप्तरीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा भगवानपुर घर भएका १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कडरवोनाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

त्यस्तै रुपन्देहीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा इसरार पठानलाई मंगलबर साँझ प्रहरीले पक्राउ गरेको छ । खेतमा घाँस काट्ने क्रममा ती किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी ठर्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot