Logo

उपत्यकामा आज ४३१ जना कोरोना संक्रमित थपिए



काठमाडौं, २७ भाद्र । काठमाडौं उपत्यकामा आज एकै दिन  ४ सय ३१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १२  सय  १ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  ४ सय ३१ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले  १० हजार  १ सय   ७६ जनाको पिसीआर परिक्षणमा  १२ सय  १ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी आज २४ घन्टामा ८५२  जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ३५  हजार  ५ सय  २४ रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  ३७७ जना र ललितपुरका  ३७ जना र भक्तपुरका १७  जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ५३ हजार १  सय  २० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot