Logo

कोरोना संक्रमणबाट आज मृत्यु पुष्टि भएका १४ जना को को (विवरणसहित)



काठमाडौं, २७ भाद्र । नेपालमा आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा काठमाडौंका एक महिला र दुई पुरुष समेत छन् । संक्रमणबाट तीनजना महिला र एघार जना पुरुषको मृत्यु भएको छ ।

आज मृत्यु भएकासँगै देशमा कोरोना संक्रमणबाट कुल ३ सय ३६ जनाको मृत्यु भइसकेको छ । यो संक्रमित हुनेहरुबाट मृत्युको प्रतिशतमा ०.६३ प्रतिशत हो । आज समेत गरी मृत्यु हुनेहरुमा दुई सय ४४ पुरुष र ९२ महिला छन् ।

मृतकको विवरण
१. पर्साका ७८ वर्षिया महिला
२. काठमाडौंका ७६ वर्षिया महिला
३. तनहुँका ७६ वर्षिया महिला
४. रुपन्देहीका ६० वर्षिय पुरुष
५. रुपन्देहीका ४० वर्षिय पुरुष
६.सुनसरीका ४३ वर्षिय पुरुष
७.भक्तपुरका ३८ वर्षिय पुरुष
८.भक्तपुरका ७२ वर्षिय पुरुष
९.चितवनका ६१ वर्षिय पुरुष
१०.स्याङ्जाका ८५ वर्षिय पुरुष
११.गोरखाका ४५ वर्षिय पुरुष
१२.कास्कीका ५१ वर्षिय पुरुष
१३. काठमाडौंका ५१ वर्षिय पुरुष
१४.काठमाडौंका ५४ वर्षिय पुरुष



प्रतिक्रिया दिनुहोस्

Screenshot