Logo

छोरा र श्रीमतीको हत्या गरी आत्महत्या गरेको आशंका



काठमाडौँ, २८ भाद्र । एकै परिवारका तीन जनाको मृत्यु भएको घरभित्रबाट प्रहरीले धारिलो हतियार फेला पारेको छ । एकै परिवारका तीन जनाको शव भेटिएपछि प्रहरीले घरभित्र खानतलास गर्दा धारिलो हतियार चुपी फेला परेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताउनुभयो ।

शुक्रबार घरको पहिलो तलामा छोराको, दोस्रोमा आमा र तेस्रोमा बुबाको शव भेटिएको थियो । छोराको टाउको चोट पटक तथा घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको थापाले बताउनुभयो । उहाँका अनुसार मृतकमध्ये बाबुको शरिरमा कुनै पनि चोटपटक देखिएको छैन ।

एसएसपी थापाका अनुसार मृतकहरु भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा ३६ वर्षीय सुदीप अधिकारी र उनकी पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्त मृत अवस्थामा भेटिएका थिए । उनीहरुको पोष्र्टमार्टम भएको र बुधबारसम्म रिर्पोट आउने एसएसपी थापाले बताउनुभयो । थापाका अनुसार सुदीपको तेस्रो तलामा, सम्झताको दोस्रो तलामा र सुशान्तको पहिलो तलामा शव भेटिएका थियो ।

शवको प्रकृति हेर्दा सुदिपको मृत्यु २० देखि २२ घन्टाअघि र सम्झना र सुशान्तको मृत्यु ४० देखि ४५ घन्टाअघि भएको अनुमान गरेको एसएसपी थापाका अनुसार सुदिपको मृत्यु सम्झना र सुशान्तको मृत्यु भएको २० घन्टापछि मात्रै भएको पाइएको बताउनुभयो ।

उहाँले अनुशन्धान भैरहेको बताउँदै अब पोष्टमार्टम रिर्पोटको अनुसार मात्रै थप कुरा बाहिर आउने उहाँले बताउनुभयो । सम्झना र सुशान्तको खाटमा तथा सुदीपको किचनको छेउमा शव भेटिएको थियो । घरमा रहेको कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । मृतक दम्पत्तिले घरमै किनारा पसल चलाउँदै आएका थिए ।

शुक्रबार सुदीपका भाइ पुग्दा भित्रबाट सिनो गन्हाएको जस्तो लागेर शंका लागेर उनले प्रहरीलाई तत्कालै खबर गरेका थिए । एसएसपी थापाले सम्झना र सुशान्तको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो देखिएको र धारिलो हतियार समेत घरबाट बरामत गरिएको छ । सुदीपको शवमा भने चोट पटक नभएको उहाँले बताउनुभयो ।
तीनै जनाको शव फरेन्सिक विज्ञसहितको टोलीले उठाएर पोस्मार्टमका लागि काठमाडौं मेडिकल कलेज पोस्टमार्टम भएको छ । प्रहरीले घर बाहिरबाट दुई थान मुसा मार्ने बिषादीको भाडो समेत बरामद गरेको छ । बुबाको शव फेला परेको ठाउँमा बिषादीको गन्ध आएको थियो ।

राससका अनुसार मथिनपा–६ कुण्डोल बस्ने मृतक सुदीपका भाइ सुनिल अधिकारी शुक्रबार अपराह्न दाजुको घरमा मासु पु¥याउन जाँदा दाजुका सबै परिवार मृत देखेपछि घटनाबाहिर आएको थियो । सुनिलका अनुसार घरको मूल ढोका केही खुलेको थियो । बाहिरबाटै दाजुलाई बोलाउँदा नबोलेपछि भित्र गएका थिए । भित्र जाने बित्तिकै केही गन्ध आयो । घरको मूल ढोकाको ताल्चा साँचो ढोकाभित्रको प्यासेजमा राखिएको मोटरसाइकल माथि थियो ।

भाइ सुनिल माथि जाँदा दोस्रो तलाको भ¥याङको प्यासेजमा सेतो कुकुर मरिरहेको थियो । दोस्रो तलाको दाजुको कोठामा हेर्दा भाउजू सम्झना खाटको ओछ्यानमा मृत देखेपछि आत्तिँदै माथिल्लो कोठामा जादा त्यहाँ पनि भतिज सुशान्त ओछ्यानमै मृत्यु भएको देखे ।

त्यसपछि माथि जाँदा भान्छाभन्दा बाहिर कौसीमा निस्कने ढोकाको प्यासेजमा घोप्टो परेर दाजु सुदीपको पनि शव देखे । गत आइतबार सोह्रश्राद्धमा सबै परिवार भेट भएको थियो । शुक्रबार दाजुको परिवारलाई मासु पु¥याउन आएका भाइ सुनिलले दाजुको परिवार सबैलाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा खबर पाएलगत्तै अपराह्न ५ बजे नजीकै रहेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलको टोली पुगेको थियो । प्रहरी परिसर भक्तपुरकी प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापा भने पौने ६ बजे मात्रै घटनास्थल पुग्नुभएको थियो ।

घटना भएको क्षेत्रलाई प्रहरीले अनुसन्धानका लागि आफ्नो घेरामा लिएपछि महानगरीय अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापाको टोली र त्यसपछि केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख सहकुल थापाको टोलीसहित फरेन्सिक ल्याबको टोलीसमेत घटनास्थल पुगेको थियो । टोलीले राति ११ बजेभन्दा पछिसम्म अनुसन्धान गरी मचुल्का उठाएर शवपरीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot