Logo

भदौ २६ गते मृत्यु भएकाको कोरोना रिपोर्ट पोजेटिभ



पोखरा, भदौ २९। गण्डकी प्रदेशमा भदौ २६ गते मृत्यु भएको एक जनामा कोरोना पुष्टि भएको छ । नवलपुर मध्यविन्दु–१२,का ६० वर्षीय कोरोना संक्रमित पुरुषको लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो ।

कोरोनाको लक्षण मिल्दो देखिएपछि उनको स्वाव परिक्षण गरिएको थियो । आइतबार अबेर आएको मृतकको रिपोर्ट पोजेटिभ देखिएको हो ।

निमोनिया र श्वासप्रश्वाससम्बन्धि समस्याले ग्रस्त उनको उपचारको क्रममा रुपन्देहस्थित लुम्बिनी अस्पतालमा मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot