Logo

बाबुको हत्या अभियोगमा छोरा पक्राउ



तनहुँ, ५ असोज । बाबुको हत्या गरेको अभियोगमा वीरमान गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुबा ४१ वर्षीय राजकुमार गुरुङको हत्या गरेको अभियोगमा आबुखैरेनी गाउँपालिका खस्राङका गुरुङ पक्राउ परेका छन् ।

वीरमानले गत भदौ ३१ गते आफ्नै बुबालाई घरमा कर्तब्य गरी मारेर आफ्नो जातिय रीतिरिवाज अनुसार चिहानमा खाडल खनी पुरी दाहसंस्कारको कार्यक्रम पुरा गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

वीरमानलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत तनहुँबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot