Logo

गोठ भत्किँदा च्यापिएर एक जनाको मृत्यु, एक घाइते



पाल्पा, १३ असोज । जिल्लाको रिब्दीकोट–७, डबकामा गोठ भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । सोमबार दिउँशो डबकाका स्थानीय बासिन्दा पुतली विकको गोठ मर्मतको क्रममा गोठ भत्किँदा सोही स्थानका ५५ वर्षीय हरि लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लम्तरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिनुभयो । उक्त गोठको गारो एक्कासि भत्किँदा गोठ मर्मतको काम गरिरहेका अर्का ४८ वर्षका अमर पेग्मीमगर घाइते हुनुभएको छ ।

घाइते पेग्मीको उपचारका लागि तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार गोठमा रहेका एक वटा भैँसी, दुई वटा पाडी र दुई वटा बाख्रासमेत पुरिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्