Logo

सुनचाँदीको मूल्यमा वृद्धि



काठमाडौँ १३ असोज। आज (मंगलबार) सुन तथा चाँदीको भाउमा वृद्धि भएको छ। यसदिन सुन तोलामा ९०० रुपैयाँले बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन सोमबार सुनको भाउ स्थिर रहेर प्रतितोला ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो। पछिल्लो एक साता यता सुनको भाउमा सामान्य उतारचढाव देखिएको छ। यद्यपी अघिल्लो साताको मंगलबार सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो। यस हिसाबले सुनको मूल्यमा एक सातामा प्रतितोला एक हजार ३०० रुपैयाँले गिरावट आएको देख्न सकिन्छ।

यस्तै चाँदीको मूल्य पनि मंगलबार उकालो लागेको छ। यसदिन चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला एक हजार १५० रुपैयाँमा किनबेच भएको थियो। एक साता अघि चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा कारोबार भएको पाईन्छ। चाँदीको भाउ एक सातामा प्रतितोला ५५ रुपैयाँले घटेको हो।

अन्तरराष्ट्रिय बजारमा पनि मंगलबार सुनचाँदीको भाउमा वृद्धि भएको छ । उक्त बजारमा सुन प्रति अउन्स एक हजार ८७९ डलरमा कारोबार भइरहेको छ । सो बजारमा चाँदी प्रति अउन्स २३ डलर भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।-मेरोलगानी/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot