Logo

चर्खाधारी मोहन र विश्व अहिंसा दिवस



विपिन देवः अक्टुवर २ मा संसार भरी अहिंसा दिवस मनाउने गरिन्छ । अहिंसा दिवसको सन्र्दभमा विशव भरी नै गान्धीको सान्र्दभिक्ता माथि पनि चर्चा गरिन्छ । वर्तमान परिवेशमा विभिन्न वादहरूमा अध्ययन र चिन्तन अपेक्षाकृत कम हुने गरेको छ । तर गान्धीलाई पनि वादसंग जोडिने गरिएको छ । गान्धी दर्शनका मर्मज्ञ व्यक्तिहरू यस्तो वौद्धिक अभ्यासलाई प्रतिवाद गर्दछ । जवाहर लाल नेहरु विश्व विद्यालयका समाज शास्त्री डा. आनन्द कुमारले गान्धी दर्शनलाई एउटा यात्राका रुपमा व्याख्या गर्दछन् । उनले गान्धी दर्शनलाई एउटा जीवनशैलीको रुपमा लिन्छन् । यो एउटा भोगवाट त्यागसम्म, असत्यवाट सत्यसम्म, आडम्वरवाट सादगीसम्मको यात्रा हो भने प्रतिकात्मक रुपले स्पष्ट गर्दछ ।

हतौडा र सॉचो दुई वटा उपकरणहरू हुन् । हतौडासंग वल, सार्मथ्य र तागत हुन्छ । हतौडा हिंसक हुन्छन् । तालचालाई पूर्ण रुपमा ध्वस्त गरेर नवर्निमाणको वाटो खोल्छ । तर सॉचो अनुनय, विनय, अनुरोध र आग्रहवाट तालचाको हृदय परिर्वतन गरेर तालचालाई खोल्छ । माक्र्सवाट र गान्धी दर्शनको विचको तात्वीक अन्तर हतौडा र साचो क्रार्य पद्धति हो । अर्थात् गान्धीको प्रस्थान विन्दु नै आग्रह र अनुरोधवाट परिलक्षित हुन्छ । वदलिदो परिवेशमा मानव आक्रान्त रहेको वेलामा हिंसक गतिविधिवाट समाजलाई रुपान्तरीत र परिस्कृत गर्न कष्टकर हुन्छ । तर हृदय परिर्वतनको माध्यमवाट समाजलाई सभ्यताका मर्म अनुसार परिर्वतन गर्दा मानवताको परिचय हुन जान्छ ।


गान्धी विभिन्न विचारधाराको संगम हो गरिव प्रति सहानुभूति, नैतिकताका आधारमा निर्णय, संवेदनमा अधारित वितरण प्रणाली गान्धीले टालस्टवायको र्दशनवाट रस्वादन गरेका थिए । टालस्टयावा संग गान्धीको पत्राचार नै हुने गथ्र्यो । त्यस्तै सरकारको अतिर्कमणको विरोधमा सरकालाई असहयोग गर्नु पर्दछ भने अवधारणा अमेरिकी विद्वान थौरोले थालनी गरेका थिए । अमेरिका सरकारको विरोध स्वरुप उनले कर र्तिन अस्विकार गर्दै वन्दी भएका थिए । थौरोले गरेको आन्दोल व्यक्तिगत थियो । गान्धीले त्यही सूत्रलाई जनजनसंग जोडेर असहयोग आन्दोलन चलाए । यही पृष्टभूमिमा अर्का महान व्यक्तित्व रस्कीन थिए । विट्रिश विद्वान रस्किनले भौतीकवादको विभत्सव रुपलाई आफ्नो कृतीको माध्यमवाट आलोचना गरे । मानवको यान्त्रीकीकरण मानवलाई पाश्विक चरित्रमा परिणत गर्दछ भने रस्किनको आग्रह थियो । गान्धी रस्किनवाट प्रभावित भएर उद्यौगीकरणले निर्माण गरेको भौतीकवादी समाजिक स्वरुपलाई परिर्वतन आफ्नो जीवन यात्राको कोशेढुङ्गा बनाए । टलसटाय, रस्किन, थोरो वाहेक वौद्ध दर्शन, हिन्दु दर्शन र सर्वाधिक जैन दर्शनको प्रभाव गान्धीको जीवनयात्रा र प्रयोग विधिमा प्रचूर मात्रामा हेर्न पाइन्छ ।

अब वर्तमान अवस्थामा गान्धीको सान्र्दभिक्ता मूल प्रश्न हो । नेपालको सन्र्दभमा गान्धीको सान्र्दभिक्ता व्यापक रुपमा देखिन सकिन्छ । नेपाली राजनीतिमा हरेक राजनीतिक दलहरूले हिंसावाट आफ्नो कार्यक्रम शुरु गरे तापनि अन्तिम अवस्थामा वा अवतरणको अवस्थामा गान्धीवादको कॉखमा वसेका छन् । नेपाली राजनीतिमा वि.पि.कोइरालाको आमरण अनसन्न, राष्ट्रिय मेल मिलाप, काङ्ग्रेसले गरेको सत्याग्रह, गणेशमानजीले प्रधानमन्त्री पदलाई त्याग गरेको परिघटना, किशुनजीको सादगी जीवनलाई गान्धीवादको प्रयोगको रुपमा व्याख्या गर्न सकिन्छ । आज नेपाली जनताले आफ्नो नेताहरूलाई योगी र फकिरको रुपमा, ऋषी र मनिषीको रुपमा, त्यागी र अनुरागीको रुपमा देख्न चाहेको सपना छ । तर पजेरोधारण, गंगणचूम्वी महल, नातावाद र कृपावादमा चूर्लुम्म डुभेको र ढोगी जीवनशैलीले गर्दा नेपाली जनताहरूलाई नेपाली नेताहरूको जीवनशैली पाच्य भएको छैन ।

नेताहरूलाई आदर र सर्मपणको भावले हेर्ने उत्कट अभिलाषा जनतामा देखिएको छैन । कारण के हो भने गान्धी दर्शनको आग्रह अनुसार नेतृत्वको नैतिक चरित्र निर्माण भएको छैन । गान्धीले आवश्यक्ता (नीड)बाट लोभ (ग्रीड )मा अवरतण हुन वित्तिकै नैतृत्वको दुर्घटना हुने । सम्भावनालाई प्रपेक्षण गरेका छन् । नेतृत्व र जनता विच सम्वाद र संप्रेशन अनवरत रुपमा हुनु पर्दछ । गान्धी आश्रममा कुनै सुरक्षाका प्रर्खाल थिएन । दैनिक २०० वटा पत्रको जवाफ स्वंय गान्धीले नै दिने गर्थे । विहानको घुमाइको क्रममा प्रत्येक सहयात्रीहरूको जिज्ञासालाई सम्वोधन गर्न चेष्टा गर्थे । विषयको संवेदनशिलता र गहनतालाई दृष्टिगत गर्दै “हरिजन” र “यंग इण्डिया” जस्ता पत्रिकाका माध्यमवाट जवाफ दिने गर्थे । नेपालमा तडक भडकवाट, रोड जाम गरेर, जनताको दैनिक जीवनमा कष्ट पु¥याएर नेताहरू आफुलाई महिमा मण्डित गर्दछन् ।

गान्धी जीवनशैलीको सूक्ष्म विष्लेशणले राजनीतिमा रहेका अनेकौ अन्धायारो पाटोहरूलाई आलोकित गर्दछन् । वास्तवमा गान्धीको सहायक महादेव देशाई थिए । गुजराती र अंग्रेजीमा सिद्वहस्त हुनका साथै अन्र्तराष्ट्रिय मामिलाका पनि उनी जानकार थिए । पटेल र नेहरुसंग शास्त्रार्थ गर्ने सार्मथ्य राख्थे । काङ्ग्रेसका विभिन्न विवादहरूलाई सामाधान गर्न सक्षम थिए । गान्धीका पुस्तकका अंग्रेजीमा रुपान्तर गर्ने उनी नै थिए । भनाईको अर्थ नेतृतवका वरिपरि दृष्टि र सिद्धान्त वोकेका व्यक्ति जबसम्म हु‘दैन तबसम्म नेतृत्वले सफलता पाउ‘न सक्दैन । भाई भान्जा, भजन मण्डली र चाटुकारको वरिपरि भएर नेतृत्वको क्षमता प्रस्फुटन हुन सक्दैन । नेपालको सन्र्दभमा गान्धीको यो पक्षलाई पनि प्रयोग गर्न टड्कारो आवश्यक्ता देखिन्छ । गान्धीको विभिन्न प्रयोग मध्ये उनको “गाउ”‘ सम्वन्धी अवधारण नेपालको सन्र्दभमा बढि उपयोगी देखिन्छ । २०४६ साल पछि नेपाल खुला अर्थतन्त्र र राजनीतिमा व्यापक भ्रष्ट्राचारको युगमा प्रवेश गरे पछि नेपालको प्रमुख कल – कारखानाहरू बन्द भई नेपालीहरू विदेशी कामदारको रुपमा परिणत भए । गाउ‘ उजाड भए । परिवार विखण्डित भए । संस्कृती ध्वस्त भए । नैतिकता कमजोर भयो । वौद्धिक र नैतिक रुपमा जनता कमजोर भयो । वौद्धिक र नैतिक रुपमा जनता कमजोर भएपछि अवसरवादमा महारथ हासिल गरेका व्यक्तिले राजसत्ताको सुख पाउ‘छ । यी परिवेशमा नेपाली समाज पछौटेपनको शिकार हुन पुग्यो ।

वि.पि.को गाउ‘को सपना नेपाली काङ्ग्रेसको चुनावी दस्तावेजमा मात्र लिपिवद्ध देखियो । वि.पि.को “गाउ‘” को सपना गान्धीवादको नै प्रयोग हो । आज कोरनाको कहरले गर्दा विदेशको रोजगारमा भारी गिरावट आउ‘ने सम्भावनालाई नर्कान सकिदैन । नेपालको शहरमा सबै व्यक्तिहरूलाई रोजगारी दिने सार्मथ्य छैन । यस अवस्थामा “गाउ‘” को निर्माण नै राष्ट्रिय अभिभारा हुनु पर्दछ । गान्धी दर्शन अनुसार गाउ‘ समावेशी सदाचार विचार र स्वामलम्वनको मन्दिर हो । आत्मियता र नैतिकताको कडीमा वाधिएको गाउले जीवनमा मानवताको वास हुन्छ । गाउ‘लाई रुपान्तर गर्न नगरपालिका बनाएर सम्भव छैन । गाउ‘को रुपान्तरणको लागि गाउ‘को आर्थिक मेरुदण्डलाई बलियो बनाउ‘नु पर्दछ । गान्धीको सान्र्दभिक्तामा चर्चा गर्दा खेरी गान्धीको अन्यायसंग लड्ने प्रतिवद्धता नै प्रमुख हुन् । ती मध्ये सत्याग्रह नेपालको लागि सर्वाधिक उपयोगी छ । सत्याग्रहको वारेमा मार्टिन लुथरले एक व्याख्यानमा भनेका छन् कि क्राइष्टले मानवलाई सपना देखायो तर मानव मुक्तिको वाटो देखाउने गान्धी नै हुन् । भारतमा सत्याग्रहवाट व्यापक परिर्वतन ल्याउने डा. राममनोहर लोहीया र जयप्रकाश नारायण नै हुन् । डा. लोहिया र जयप्रकाश नारायण नेपाली प्रजातान्त्रीक कान्दोलनका सहयात्रीहरू नै हुन् । डा. लोहिया नहर एक्टको विरोधमा व्यापक सत्याग्रह गरेर १७०० व्यक्तिहरूको गिरफ्तारी दिएर त्यो कानुन नै खारेज गर्न सरकारलाई मजबुर गराए । किशान आन्दोलन चलाउ‘दा भारतको लखनउमा एक लाख किशानहरू जम्मा गराएर सरकारलाई दवाव दिएको थियो । गोवाको स्वतन्त्रताको कारक तत्व डा. लोहियाको सत्याग्रह नै थियो । जे.पी. आन्दोलनले ७० को दशकमा इन्दिरा गान्धीको आपत्तकालीन शासनलाई समाप्त पारेका थिए । त्यो पनि सत्याग्रहको नै प्रयोग थियो ।

नेपालको सन्र्दभमा पिलसिएको र थिचिएको जनताहरूको लागि अचूक अस्त्र सत्याग्रह नै हो । एका तर्फ कोरनावाट छटपटाइरहेको जनता पेटको आगोलाई निभाउ‘न खेतमा खाद्य पाइरहेको छैन । अन्यायलाई अस्त्रले होइन, अन्यायलाई नैतिक वलले गर्दा परास्त गर्न सकिन्छ । मान्छे मजबुर भए पछि बन्दुक उठॉउछ तर शक्तिशाली भए पछि क्षमा गर्दछ । यस सन्र्दभमा राजनीतिक चिन्तक प्रदिप गिरीको भनाई वडो घत लाग्दो भनाई छ, “मजुवरीको नाम माउत्सेतुङ्ग, मजबुतीको नाम महात्मा गान्धी” गान्धीको देवत्वकरण गर्नु गान्धी दर्शन प्रति न्याय होइन । गान्धीले क्षमालाई ठुलो अस्त्रको रुपमा प्रयोग गर्थे । जब भारतीय स्वतन्त्रता ताका आन्दोलन चूलिएको थियो त्यति खेर चौराचौरी भन्ने ठाउ‘मा आक्रोसित जनताले पूलिस चौकीमा आगो लगाई केही अंग्रेजको ज्यान लिए । आन्दोलन उद्वेगमा थिए । गान्धीले आत्म – आलोचना गर्दै आन्दोलनलाई स्थगित गरे । गान्धीको सर्वत्र भत्र्सना भयो । तर जवाफमा गान्धीले भने कि हिंसात्मक तरीकाले प्राप्त उपलव्धी र्दीघकालिन हु‘दैन । अर्थात अहिंसाको अस्त्रवाट र्दीघकालीन सफलता हुन्छ ।

गान्धीको प्रमुख आग्रह मितव्यता हो । एक चोटी रेलको यात्रा गर्दा गान्धीको एउटा जुत्ता रेलवाट झर्यो । गान्धीले तुरुन्तै अर्को जुत्ता पनि फाले । भनाईको अर्थ पाउ‘ने व्यक्तिले त्यसको प्रयोग गरोस् । नेपालको सन्र्दभमा गान्धीको सर्वाधीक लाभदायक सूत्र दरिद्र नारायण (समाजको सबभन्दा प्रताडित) वर्गको अवधारणा महत्वपूर्ण हुन् । कुनै पनि नीति, नियम, बजेट र योजना बनाउ‘दा यदि समाजको सबभन्दा तत्लो श्रेणीको आवश्यक्ता र आकांक्षालाई प्रत्याभू ितगर्न लक्षित हुन्छ भने त्यो नै लोककल्याणकारी राज्यको प्रमुख चिन्ह हो । यी आर्शिक सूत्रहरूको चर्चाका अन्र्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा गान्धी प्रति श्रद्धा सुमन अर्पण ।



प्रतिक्रिया दिनुहोस्

Screenshot