Logo

देशभरका अवरुद्ध सडक दशैँ पहिलेनै खुलाउने तयारी



काठमाडौं, असोज १७। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण अवरुद्ध सडक बडादशैँ पहिले खुलाउने तयारी गरेको छ । खुल्न बाँकी दुई सडक केही समयभित्रै खुल्ने जनाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको भर्चुअल बैठकमा वर्षाका कारण अवरुद्ध सडक अधिकांश खुलिसकेको बताएका हुन ।

उनका अनुसार यस वर्ष वर्षाका कारण झण्डै २५० स्थानमा सडक अवरुद्ध भए पनि सडक विभागले उपलब्ध जनशक्ति र उपकरणबाट सकेसम्म चाँडो सडक खुलाएको छ । उनले भने, “वर्षा शुरु हुनुभन्दा पहिले नै हामीले डिभिजनहरुलाई तयारी अवस्थामा राखेका थियौँ ।”

दशैँतिहारलगायत चाडपर्वका समयमा घर फर्किन चाहने यात्रुलाई स्वास्थ्य सावधानी अपनाएर जाने व्यवस्था मिलाइएको मन्त्री नेम्वाङले बताए । उनका अनुसार कोभिडको जोखिम हुँदाहुँदै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बाध्यता रहेकाले मध्यम र लामो दूरीको सवारी साधन खोल्ने निर्णय गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot