Logo

लिभरपुलको पोष्टमा भिल्लाको ७ गोल (भिडियोसहित)



एजेन्सी, १९ असोज । इंग्लिस प्रिमियर लिग फुटबलको सावित विजेता लिभरपुलमाथि एस्टन भिल्लाले सानदार जित निकालेको छ । गएराति सम्पन्न प्रतिष्पर्धामा भिल्लाले लिभरपुलको पोष्टमा सात गोल गरेको छ ।

स्टार स्ट्राइकर माने विनानै खेलेको भिल्ला शुरु देखि दबाबमा परेको थियो । खेलको चौंथो मिनेटमै वाटकिन्सले गोल गरी लगातार लिभरपुलमाथि दबाब दिन थालेका थिए । वाटकिन्सले खेलको पहिलो हाफमै ह्याट्रि गरेका थिए ।

लिभरपुलका सालाहले २ गोल गरे । खेलको नतिजा भिल्लाको पक्षमा ७-२ ले गयो । सन् १९६३ यता लिभरपुलले सबैभन्दा नमीठो हार व्यहोर्न पुगेको हो ।

रोचक पक्ष यो छ कि लिभरपुल लिग विजेता हो भने भिल्ला यो सिजन बढोत्तरी हुँदै प्रिमियर लिगमा फर्किएको हो ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot