Logo

व्यापारीको भागाभाग, ताल्चासमेत लगाउन पाएनन्



काठमाडौं, असोज २० । कालिमाटी फलफूल तथा तरकारी बजारका व्यापारीले सडेको माछा बिक्री गरेका छन्। काठमाडौं महानगरपालिकाको पशु सेवा विभागको एक टोलीले कालिमाटीमा अनुगमन गर्ने क्रममा सडेको माछा बिक्री गरेको फेला पारेको हो। पशु सेवा विभागका अधिकृत डम्मरबहादुर बमका अनुसार अनुगमनका लागि सोमबार बिहान उक्त बजारमा टोली पुगेको थियो। अनुगमन गर्ने क्रममा २६ माछा पसलमध्ये १५ वटा पसलका सञ्चालक पसलको सटर खसालेर भागेका थिए। केहीले ताल्चासमेत लगाउन पाएनन्।

अनुगमन टोलीले सटर खोलेर हेर्दा सप्तरी माछा पसलबाट ९ किलो सडेको माछा फेला पारेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्