Logo

धान उत्पादन घट्ने



परासी, असोज २२ । पश्चिम नवलपरासीमा यस वर्ष धान उत्पादनमा कमी आउने भएको छ। कोरोना र बाढीका कारण उत्पादनमा कमी आउने भएको हो। कोरोनाका कारण समयमा मल नपाउनु र बाढीका कारण लगाएको धान डुबेपछि धान उत्पादनमा कमी आउने भएको कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ।

जिल्लामा कुल २१ हजार १ सय ७५ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ। गत वर्ष ९० हजार ३ सय ७५ मेट्रिकटन धान उत्पादन भएको जिल्लामा यस वर्ष १५ देखि २० प्रतिशतले कमी आउने केन्द्रकी कृषि प्रसार अधिकृत मनीषा पौडेलले बताइन्।

बाढीका कारण मात्र पाल्हीनन्दन र सरावल गाउँपालिकामा करिब दुई हजारभन्दा बढी हेक्टरको धानबाली नष्ट भएको उनले जानकारी दिइन्। जिल्लाका अधिकांश किसान यतिबेला धान काट्न व्यस्त छन्। तर, धान भित्र्याउने समयमा आएको बाढीले धान नष्ट भएपछि किसान चिन्तित बनेका आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्