Logo

सप्तरीमा प्रहरी नायव उपरीक्षकसहित थप पाँच जना कोरोना सङ्क्रमित



राजविराज, २४ असोज: सप्तरीमा प्रहरी नायव उपरीक्षक (डिएसपी)सहित थप पाँच कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालयमा एक साताअघि आएका डिएसपीसहित पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

उहाँका अनुसार राजविराज नगरपालिकाका–३ र सुरुङ्गा नगरपालिका एक जनामा सङ्क्रमण देखिएको हो । यससँगै सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ३६२ जना पुगेको छ । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । कोरोनाबाट हालसम्म सप्तरीमा १९ जनाले ज्यान गुमाइसकेको जनाएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot