Logo

विश्वलाई कोरोना भाइरसविरुद्वको खोप उपलब्ध गराउन चीनले यसरी गर्दैछ काम



एजेन्सी, २५ असोज । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले संकट बढाएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि अनेकौँ प्रयास भइरहँदा पनि यसको रोकथाम गर्न मुश्किल भएको छ । भाइरसको रोकथामको उत्त उपाय खोप मात्र हो । त्यसैले यसका लागि दौडधूप चलेको छ ।

खोप विकास गर्न सम्पूर्ण ठूला राष्ट्रहरु लागि परेको छ । तर, अमेरिकाले भने विभिन्न प्रयास गरिरहँदा खोप विकास हुन कठिन देखिएको छ । त्यसकारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो चुनाव अगाडि नै खोप विकास गर्ने योजना बनाइरहेका छन् उक्त प्रयास भने अहिले सजिलो नभएको बुझिन्छ ।

अमेरिकी औषधी कम्पनीहरुले खोप विकासमा चीनलाई पछि पार्न खोजेपछि ऊ अग्रपंक्तिमा देखिएको छ । अमेरिकी औषधी निर्माता एस्ट्रेजेनेकाको परिक्षण पश्चात केही मानिसहरुमा खराब असर भएको थियो । त्यसकारण उक्त खोपको परिक्षणलाई रोकिएको थियो । खोप निर्माण गर्ने क्रममा चीन निरन्तर लागिपरेको छ । चिनियाँ राष्ट्रपति सी जीन पिङले आफ्ना वैज्ञानिक र औषधी निर्माण गर्ने कम्पनीहरुलाई तीव्र रुपमा लाग्ने निर्देशन दिएका छन् । चीनको लागी खोप विकास गर्नु सर्वप्रथम दायित्व रहेको जनाइएको छ ।

चीनले कोरोना खोपको लागी आफ्नै रिसर्चलाई तिव्रता दिएको छ । चीनमा विकास भईरहेको कोरोना खोपमा अग्रसर चिनियाँ नेश्नल बायोटेक ग्रुप, सिनोफार्म, कोरोना भ्याक, सिनाभ्याक र क्यानसिनो रहेको छ । चिनियाँ नेश्नल बायोटेक ग्रुपद्वारा निर्मित खोप छिटो विकास भएको र प्रभावकारी समेत देखिएको विषयलाई ग्रुपका संस्थापकले जानकारी गराएका छन् । चिनियाँ नेश्नल बायोटेक ग्रुपद्वारा निर्माण गरिएको खोपको तेस्रो चरणको परिक्षण सुरु भइसकेको छ ।

उक्त खोपको परिक्षण युएई, बेहराइन, पेरु, मोरोको र अर्जेन्टिनामा समेत हुने बुझिएको छ । परिक्षणमा करिब ४२ हजार मानिसहरु सहभागी हुने जनाइएको छ । चीनले खोप विकासका लागि देखाएको अग्रसरताले खोप छिट्टै बजारमा आउने प्रतिबद्वता समेत लिइएको छ । लाखौँ मानिसको न्यान लिने भाइरसका लागी खोप विकासमा कुनै पनि राजनीति नगर्ने चिनियाँ कम्पनीहरुले विश्वास व्यक्त गरेको छ । अमेरिकाले जबरजस्ती कोरोना भाइरसलाई चिनियाँ भाइरस बन्दै आएकोमा चीनलाई यसप्रतिको खोप निर्माण गर्न थप बल मिलेको जनाइएको छ ।

चीनले विगत महिनादेखि कोरोना भाइरसको केस नआएको स्पष्ट पारिएको छ । चीनले खोप विकास गर्न सक्दो प्रयास गरिरहेको बुझिएको छ । चीनमाथि अमेरिकाले लगाएको आरोपले चीनको आत्मसम्मान माथि ठेस पुगेको त्यसकारण कोरोना भाइरसविरुद्वको खोप सुरक्षित र प्रभावकारी बनाउनु पर्ने र यो विश्वकै लागि उपयोगी होस् भन्ने ढंगले चिनियाँ औषधी कम्पनीहरु निरन्तर लागिपरेका छन् । विश्वलाई खोप विकास गरी प्रयोगमा ल्याएर चीन अग्रस्थानमा हुने र यसले आफ्नो गरिमालाई रक्षा गर्न सक्ने जनाइएको छ । र, विश्व सामू महामारीको बेला एक अर्कालाई सहायता गर्न चिनियाँ अग्रसर रहेको बुझिएको छ ।

खोप विकास भएमा सुपर पावर मानिएको अमेरिकालाई पछि पार्दै चीन विश्वमा आफ्नो छाप छोड्ने छ । चीनले सानो देखि ठूला राष्ट्रहरुलाई कोरोना विरुद्वको खोप प्रदान गर्ने योजना बनाइरहेको छ । महामारीको बेला एक अर्कालाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि एकजुट भइ कोरोना परास्त गर्न नै उचित रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot