Logo

उत्तर कोरियाली नेता किम भावुक हुँदै रोए



एजेन्सी, २६ असोज । उत्तर कोरियाली नेता किम जोङ उनलाई क्रुर शासक मानिन्छ । विरोधीको निर्मतापूर्व हत्या गर्न लगाएको विषय पनि चर्चामा आयो । तर, किम भावुक पनि छन् ।

किमले हालैमात्र सबैको ध्यान खिचेका छन् । सार्वजनिक कार्यक्रममै आँसुका धारा बगाए । मिलिटरी परेडमा उनले शनिबार बोल्दै सैनिकहरुलाई बलिदानीका लागि आभार प्रकट गरे । सैनिकको त्याग सम्झेर उनी रोए । साथै जनताको जीवनस्तर उठाउन नसकेकोमा माफी मागे ।

शनिबार उत्तर कोरियाको सत्तारुढ दलको ७५ औं स्थापना दिवसमा किमको भनाई सार्वजनिक भएको छ । उनी भावुक भई रोएको तस्वीर पनि सार्वजनिक भएको छ ।-तस्वीरः एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot