Logo

‘मन्त्रिमण्डल पूनर्गठनमा प्रचण्डको सहमति छ’ : थापा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले अहिलेको मन्त्रिमण्डल पूनर्गठनमा अर्का अध्यक्ष पुष्पकमल दाहालको सहमति रहेको खुलासा गरेका छन् । अहिले प्रधानमन्त्री केपीस् शर्मा ओलीले रित्त रहेका मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरेको भएपनि दशैंपछि स्थायी समितिको म्याण्डेटअनुसार मन्त्रिमण्डल पूनर्गठन हुने उनले विश्वास दिलाए । अजा विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘ त्यो कुरा त बाहिर आईनै सक्यो । दुईजना अध्यक्षको सहमतिबिना त केही हुनै सक्दैन अहिले । सहमति त जरुरी नै छ ।’ प्रस्तुत छ नेता थापासँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल कम्युनिष्ट पार्टीभित्र फेरि पनि विवाद देखियो, आन्तरिक कलहरु छताछुल्ल बाहिर आयो नि, के कारणले ?

अब यो विवाद समाधान हुने गरी विवाद बल्झिने कुरा भई नै रहन्छ । तर पनि अब स्थायी समितिमा हामीले जो निर्णय गरेका थियौँ, त्यही निर्णयको कार्यान्वयनको प्रक्रियामा केही समस्याहरू देखिन सक्छन् । तर मूल रूपले स्थायी समितिको कुरालाई पकडेर जाने कुरामा नै पार्टी र समग्र आन्दोलनको हितमा रहन्छ भन्ने कुरा मलाई लाग्छ ।

तपाईँले अहिलेको अवस्थामा स्थायी समितिको स्पिड अनुसार प्रधानमन्त्री अगाडि बढेको पाउनुभएको छ त ?

दुईओटा नेताहरूको बीचमा, सचिवालयको बीचमा छलफल तथा बहसहरू भईरहेका छन् । छलफल, बहसकै प्रक्रियामा कामहरू पनि अघि बढिरहेको जस्तो लाग्छ तर सबै विवादित छन् भन्न त सकिन्न । तर त्यही स्पिडअनुसार नै कामहरू भईरहेका छन् । यसलाई कार्यान्वयन गर्ने क्रममा केही सानातिना कमजोरी, त्रुटिहरूमा छलफल भईरहेको जस्तो मैले अनुभव गर्छु ।

तर मन्त्रीमण्डल पुनर्गठनमा प्रधानमन्त्रीले प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग नसोधेको कुरा त बाहिर आयो नि ? वास्तविकता के हो ?

यसको विस्तृतमा कुरा के हो त्यो मलाई थाहा छैन । तर पनि केन्द्रीय, प्रदेश मन्त्रीमण्डल पुनर्गठन भन्ने कुरा स्थायी समिति, सचिवालय र दुईजना नेताहरूको बीचको पनि म्यान्डेट हो । मलाई लाग्छ, त्यही म्यान्डेटबीचमा धेरै लामो समयसम्म गृहकार्य चलिरहेको छ । हिजो जो प्रधानमन्त्रीले केही मन्त्रीहरूलाई खाली भएका ठाउँहरूमा थप्ने जुन काम गर्नुभयो, त्यो अहिलेको सम्झौता होइन, त्यो स्थायी समितिभन्दा अघिदेखि खाली भएका ठाउँहरूमा उहाँले पदपूर्ति गर्नुभयो । मूल रूपले जम्मा स्थायी समितिको निर्णयअनुसारको पुनर्गठन मलाई लाग्छ, दशैँ, तिहारपछि हुनुपर्छ र त्यही अनुसार जानुपर्छ भन्ने मलाई लाग्छ ।

प्रधानमन्त्रीले त अब खाली ठाउँमा ल्याईसक्नुभयो । तीनजना राम्रा मान्छे भनेर तपाईँहरुले भनिरहनुभएको छ । विष्णु पौडेललाई उहाँले अर्थमन्त्रीको जिम्मेवारी दिनुभयो, पार्टीको शक्तिशाली महासचिवलाई । यसले गर्दाखेरि प्रधानमन्त्रीले अब फेरि पुनर्गठन गर्नुहोला ?

होइन, यो अब दुईजना अध्यक्षहरूबीचको सहमति र सल्लाहले नै भएको जानकारीमा छ ।

त्यसो भए अहिलेको पुनर्गठन दुबैको सहमतिमा भएको हो ?

अर्थमन्त्रीजीको जो नियुक्ति भयो । सहमतिमा नै भयो र त्यो पुरानो सहमतिलाई प्रधानमन्त्रीले कार्यान्वयन गर्नुभयो र मुख्य रूपले संघीय र प्रदेशको पुनर्गठन प्रक्रियामा गृहकार्य अझै पुगिसकेको अवस्था छैन र मलाई लाग्छ, दशैँ–तिहारपछि यो प्रक्रिया पूरा हुन्छ । त्यही स्पिड पकडेर सबै नेता जानुपर्छ भन्ने कुरा म भन्न चाहन्छु ।

अहिलेको पुनर्गठनमा प्रचण्डको सहमति छ ?

त्यो कुरा त बाहिर आईनै सक्यो । दुईजना अध्यक्षको सहमतिबिना त केही हुनै सक्दैन अहिले । सहमति त जरुरी नै छ ।

त्यसोभए सहमति भएको मन्त्रीमण्डल पुनर्गठनमा किन विरोध भईराखेको छ त ? के कारणले ?

होइन विरोध हुने त यो नेकपामा विरोध हुने, सहमति हुने कुराको लामो फेरिस्टा छ । कसले के कुरामा विरोध गर्छ ? कसले के कुरामा समर्थन गर्छ ? भन्ने कुरा नै निक्र्यौल नभएर एउटा अराजकतातिरको स्थिति भएको हुनाले कसले विरोध गरेको छ ? कसले समर्थन गरेको छ ? भन्नेको अर्थ होइन तर मन्त्रीमण्डल पुनर्गठनमा दुईजना अध्यक्ष र अरू मुख्य नेताहरूको बीचमा लामो समयसम्म छलफल छ । त्यो छलफलबाट यो निष्कर्ष निस्कियो । प्रधानमन्त्री भईसकेका नेताहरू भोलि आउने प्रधानमन्त्री, अध्यक्ष हुनुहुन्छ, भोलि चुनाव आउँछ । उहाँहरूको एउटा ईतिहास छ । एकले अर्कालाई विरोध गर्ने कुरा यो हामीले पार्टी एकता गर्नु नै गलत थियो भन्नेतर्फ जानु हो । अर्को मिलेर जानु बाहेक विकल्प छैन । फेरि जहिले पनि यी तीनओटै नेताहरूको वरिपरि पनि यो पृथ्वी घुमिराख्नुपर्छ भन्ने पनि हामीले सोच्नु हुँदैन र उहाँहरूले पनि धैयर्तापूर्वक यो पार्टीलाई सही निष्कर्षमा निकालेर भावी पिढींहरूलाई हस्तान्तरण गर्नको निम्ति उहाँहरूको ठुलो दायित्व छ । उहाँहरूको परिवर्तनमा ठुलो योगदान छ ।

होइन तपाईँले धेरै नेताहरुको चाकडी गर्नुहुन्छ । आजको दिनमा तपाईँको पार्टीमा के.पी. शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालको विकल्प छ ?

अहिले विकल्प छैन । उहाँहरूको विकल्प अहिले हामीले खोजेको होइन । विकल्प उहाँहरूले नै दिनुपर्छ नि । हामीले खोज्ने होइन, विकल्प त उहाँहरूले नै हामी सबैलाई विकल्प दिनुपर्छ । राष्ट्रलाई विकल्प दिने ठाउँमा उहाँहरू हुनुहुन्छ । त्यसकारण राष्ट्रलाई विकल्प दिने ठाउँमा भएका नेताहरूले धैयर्तापूर्वक परिस्थिति र समय सन्दर्भलाई विश्लेषण गरेर देशलाई निकास दिनुपर्छ । उहाँहरूले देशलाई निकास दिन सक्नुभएन भने उहाँहरूको पनि त अर्थ हुँदैन ईतिहासमा ।

यतिखेर कोभिडको कुरा आएको छ, अस्पतालमा विरामीहरु अलपत्रमा परेका छन् । उपचार भएको छैन । सरकारको ध्यान त्यतातिर गएको छैन । उपचार नपाएर ज्यान गुमाउनेहरु धेरै छन्, संक्रमितहरु । के गर्ने ?

त्यहाँ अब विवेकतापूर्वक सरकारले काम सुरु गर्नुपर्छ । सबै प्रतिपक्षले पनि सहयोग गरेका छन् । सबैले सहयोग गरेर यो एउटा ठुलो महामारी हो, यो महामारीबाट हामी कोही बच्न सक्दैनौँ, यसको निम्ति हामीले एउटा कमिटमेन्ट गर्ने, ईमान्दारपूर्वक काम गर्नेभन्दा त अर्को विकल्प छैन ।

तर ईमान्दारीपूर्वक काम गर्नुप¥यो नि त नेताहरुले ? नेताहरु जनताप्रति उत्तरदायी हुनुप¥यो नि त !

जनताप्रति ईमान्दार जो हुँदैनन्, उनीहरूले दण्ड पाउँछन्, दण्डको लागि तयार हुनुपर्छ ।

नेपाल कम्युनिष्ट पार्टीको सरकारले के ग¥यो ? करिब करिब तीन वर्ष पुग्न लाग्यो, के.पी. शर्मा ओली देशको प्रधानमन्त्री भएको । सरकारले राम्रो काम गर्न सकेन भनेर चौतर्फी आलोचना भैरहेको छ ? तपाईको बुझाई के हो ?

यसको समीक्षा हामीले अब स्थायी समितिमा पनि यसको समीक्षा ग¥यौँ । जनताले पनि यसको समीक्षा गरि नै रहेका छन् र आगामी निर्वाचनमा पनि समीक्षा जनताले गर्लान् । अहिले योभन्दा अर्को विकल्प हामीकहाँ छैन । यो दुईतिहाई सरकार छ । सरकार पुनर्गठन गरेर, अलि राम्रा मन्त्रीहरू लिएर, पर्फमेन्स अलिकति राम्रोसँग गर्नुपर्ने आवश्यक छ । जनताको असन्तुष्टिहरू छन्, त्यो असन्तुष्टिहरूलाई हामीले समाधान गर्न कोशिस गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot