Logo

राष्ट्रिय वाणिज्य बैंकद्वारा पिओएस माध्यमबाट भुक्तानी सुरु



काठमाडौं,२ कार्तिक। राष्ट्रिय वाणिज्य बैंकले दशैँ–तिहारलगायतका पर्वलाई मध्यनजर गर्दै सम्पूर्ण शाखाबाट प्वाइन्ट अफ सेल (पिओएस) का माध्यमबाट भुक्तानी सेवा सुरु गरेको छ । बैंकले विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्थालाई व्यापक तथा प्रभावकारी बनाउने उद्देश्यले सेवा सुरु गरेको हो ।

देशभर रहेका विभिन्न व्यवसायहरूमा राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रावा बैंककै पिओएसका माध्यमबाट रकम भुक्तानी गर्दा कारोबारमा अधिकतम १५ प्रतिशत वा १ हजार रुपैयाँमा जुन कम हुन्छ, सो रकम क्यासब्याक हुने जनाइएको छ ।

कोभिड–१९ संक्रमणबाट टाढा रहनका लागिसमेत विद्युतीय भुक्तानी प्रणाली सहयोगी हुन सक्ने र यस प्रकारको प्रणालीबाट ग्राहक, बैंकका सेवाग्राही तथा समग्र समाजलाई अधिकतम फाइदा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए । बैंकले ७७ जिल्लामा २ सय ४१ शाखा कार्यालय, २ सय ५ एटिएम र ९३ शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको जनाएको छ ।-दृष्टिबाट/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot