Logo

बुटवलमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु



बुटवल, ११ कार्तिक। रुपन्देहीमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

तिलोत्तमा–११ की ५० वर्षीया महिला र बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी तिलोत्तमाकी महिलाको सोही दिन गयराति सवा ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताएका छन् ।

यस्तै कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको आज मंगलबार बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।-रेडियो एनआरएन



प्रतिक्रिया दिनुहोस्