Logo

प्रधानमन्त्री ओलीद्धारा आफूनिकट नेताहरुसँग छलफल, रणनीति बनाउँदै



काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आन्तरिक छलफलमा जुटेका छन् । उनले आजमात्रै उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल, आफ्ना परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग बालुवाटारमा आन्तरिक छलफल गरेका छन् ।  पार्टीभित्र पूनः विवाद सुरु भएपछि ओलीले अब कसरी अघि बढ्ने भन्नेबारे आफ्ना निकटहरुसँग छलफल गरेका हुन् । मन्त्रिमण्डल पूनर्गठनदेखि कर्णालीमा नेकपा विवाद देखिएपछि अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पनि मनमुटाव सुरु भएको छ ।

पछिल्लो समय भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर पनि नेकपाभित्र विवाद देखिएको छ । कतिपय नेताहरुले प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादाविपरित रअ प्रमुखसँग शिष्टाचार भेटवार्ता गरेको भनेर सार्वजनिक रुपमै आलोचना गरेका छन् । प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि प्रभावशाली नेता डा. भीम बहादुर रावलले पनि उक्त भेटवार्ताबारे टिप्पणी गरेका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्