Logo

आमिर खानकी छोरीमाथि शारीरिक शोषण भएको खुलाशा



एजेन्सी, १९ कात्तिक । बलिउड अभिनेता आमिर खान र उनकी पहिलो पत्नी रिनाको छोरी इरा खानले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो सेयर गरेकी छिन् । जसमा आफुमाथि १४ वर्षको उमेरमा शारीरिक शोषण भएको बताएकी छिन् ।

इराले भनेकी छिन्, ‘जब म १४ वर्षको थिए त्यत्तिबेला ती व्यक्तिले के गरेको आफुलाई थाहा थिएन् ।’ उनले भनेकी छिन्, एक वर्षसम्म त उनलाई सम्झनै मात्र लाग्यो । १ वर्षपछि मात्र उनले माता पितालाइृ भनिन् । भिडियोमार्फत यी सब आफैले कसरी हुन दिए भनेर पछि आफैसँग रिस उठेको पनि इराले बताइन् ।

यस भिडियोमा इराले उनका जीवनमा भएका राम्रा र नराम्रा घटनाहरु बताएकी छिन् । उनले कुराको सिलसिलामा कुनै पल रोएको र कुन कुराले आफु धेरै मजबुद भएको पनि उल्लेख गरेकी छिन् । उनले माता पिताको सम्बन्ध विच्देछबारे पनि कुरा गरेकी छिन् ।

केही दिन अगाडी इराले आफु डिप्रेशनमा गएको आफै खुलाशा गरेकी थिइन्, ४ वर्ष अगाडी डिप्रेशनमा गएको भिडियो मार्फत नै सार्वजनिक गरेकी थिइन् । उनको उपचार हाल पनि चलिरहेको छ । आफु डिप्रेशनमा किन गए भनेर इराले अझै पनि थाहा पाउँन सकेकी छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot