Logo

जब वामदेवले उठाए ओलीले ‘राजदण्ड समातेर मलाई राजा बन्ने मन थियो’ भनेको प्रसंग



काठमाडौं, २० कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई बुधबार केही नेताहरु भैंसेपाटीस्थित निवासमा भेट्न पुगे । उनीहरुले पार्टीभित्रको विवाद समाधान देखि पछिल्लो अवस्थाको समिक्षा गरे ।

भेटमा पूर्वमन्त्री रघुवीर महासेठ, केशवलाल श्रेष्ठ र अर्का नेता ताज मोहम्मद पुगेका थिए । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति निकै असन्तुष्टि पोखे । ओलीको महत्वाकांक्षा र राजनीतिक गतिविधिबारे समेत उल्लेख छ ।

एक प्रसंगमा गौतमले ओली पहिलोपटक प्रधानमन्त्री हुँदा नारायणहिटी संग्राहलय पुगेर राजदण्ड समातेको विषय भने । त्यतिबेला ओलीले राजदण्ड समातेर आफूलाई पनि राजा बन्न मन लागेको बताएको उल्लेख गरे । उनले ओलीभित्रको महत्वाकांक्षा अत्याधिक बढेको भन्दै उदाहरणहरु प्रस्तुत गरे । ओलीले पार्टीको कुरा नसुनेको र आफूहरुलाई पेलेरै जान खोजेको प्रसंग समेत उठाए ।

विगतमा ओलीलाई आफूले सहयोग गरी तत्कालिन नेकपा एमालेको अध्यक्ष जिताउन भुमिका खेलेको, सत्ता संकट आउँदा दुईपटक सघाएको विषय पनि गौतमले उठाएका थिए । तर, आफूमाथि नै पटक पटक धोका भएको गौतमको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot