Logo

जुवातास खेलिरहेका ११ जना पक्राउ



काठमाडौं, २१ कात्तिक । छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् । कावासोती मानेचोकस्थित लालबहादुर पुनको घरमा जुवातास खेलिरहेका अवस्थामा पुन लगायत ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद ३८ हजार १ सय ४५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी बस्ने विनोद उदासको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दिनेश केसी लगायत ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार ९ सय ९० रुपैयाँ, २० थान कौडा, तास र ७ ग्रामको श्रृखण्ड २ टुक्रा सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्