Logo

जयपृथ्वी नगरपालिकाका विद्यालय मंसिर ३ देखि चल्ने



बझाङ, २७ कात्तिक: जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको आज बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन शुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए ।

वास्थ्य सुरक्षाका मापदण्ड लागू गरेर विद्यालय चलाउनाको विकल्प नभएको नगरपालिका शिक्षा शाखा संयोजक राजेन्द्र जोशीले बताए । यसअघि बुंगल नगरपालिका तथा तलकोट, खप्तड र थलारा गाउँपालिकाका विद्यालय यही कात्तिक १५ गतेदेखि सञ्चालनमा आइसकेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot