Logo

प्रचण्डसँग वामदेवको छुट्टै भेटवार्ता



काठमाडौं, २७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आज छुट्टै भेटवार्ता गरेका छन् । भोलि अपरान्ह ४ बजे सचिवालयको बैठक तय भएपछि दाहालनिवास खुमलटारमा भेला भएका सचिवालयका पाँच सदस्यहरुको छलफललगत्तै गौतमले अध्यक्ष दाहालसँग एक्लाएक्लै भेटवार्ता गरेका हुन् ।

स्रोतका अनुसार पार्टीभित्रको आन्तरिक विवाद हल गर्ने सवालमा भोलि बस्न लागेको सचिवालय बैठकमा सचिवालयका पाँचै जना सदस्यहरु भोलि एकमतले प्रस्तुत हुने सहमति भएको छ । गौतमले भने दाहालसँग एक्लै भेट्नुको कारण पार्टीको विवाद मिलाउनको लागि विशेष प्रस्ताव गरेको हुनसक्ने पनि अनुमान गरिएको छ ।

खुमलाटारमा पाँच भाईको रणनीति

सर्वोच्च अदालतले आफ्नो पक्षमा आदेश दिएसँगै वामदेव अब मन्त्री बन्ने बाटो खुलेको छ । यही बीचमा बालुवाटारले गौतमलाई मन्त्री बन्न अफर गरेको समेत हल्ला चलेको छ । तर, गौतमले भने आफू सरकारमा जाने कुनै तयारी नभएको भनेर आफूनिकटका नेताहरुमार्फत स्पष्टीकरण दिईसकेका छन् । FILE PHOTO/REPORTERSNEPAL



प्रतिक्रिया दिनुहोस्