Logo

नक्कली नोट सहित पक्राउ



सिरहा, २८ कात्तिक । नक्कली नोट सहित तीन जना पक्राउ परेका छन् । गोलबजार नगरपालिका–६ बाट १ हजार दरका ६ लाख ८४ हजार नक्कली नोट, १ थान ल्यापटप, १ थान प्रिन्टर, १ थान प्लाष्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरु सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा गोलबजार बस्ने बिमलेन्द्र नायक, गोलबजार बेतौनाका धिरज राय र सोही ठाउँका संजय राय रहेका छन् । ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्