Logo

सत्ता संकट बढेपछि प्रधानमन्त्री ओलीको राष्ट्रपति भण्डारीसँगको भेट बाक्लियो



काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली सत्ता संकट बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट बढाएका छन् । उनी आज विहान पनि शितलनिवास पुगेर राष्ट्रपति भण्डारीसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री ओली अप्ठ्यारो परिस्थिति आएमा राष्ट्रपति भण्डारीसँग परामर्शका लागि जाने गरेका छन् । पछिल्लो दुई हप्ताबीच उनी तीनपटक राष्ट्रपतिसँग कुराकानीका लागि शितलनिवास पुगे । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले सत्ता संकट गहिरिंदा सक्रियता बढाउँदै लगेका छन् । उनले आफ्नोविरुद्ध पार्टीभित्र भएको मोर्चाबन्दीलाई कमजो बनाउने प्रयास गर्दै आएका छन् ।

ओलीलाई विगतमा दुईपटक सत्ता संकट आउँदा राष्ट्रपति भण्डारीको सहयोगले काम गरेको थियो । भण्डारीकै कारण ओलीको सत्ता दुईपटक जोगिएको चर्चा छ । उनले नेकपाका प्रभावशाली नेताहरुसँग छलफल गरेर सहमतिको पहल गर्दै आएकी छिन् ।

यसैगरी, ओलीले आफूविरुद्धको मोर्चाबन्दीलाई घेराबन्दीको संज्ञा दिएका छन् । उनले यसलाई तोड्न निकै कसरत गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्