Logo

कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडिलाई कोरोना संक्रमण



मंसिर १०, काठमाण्डौ । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक संजाल फेसबुकबाट ज्ञानेन्द्रले आफुलाई कोरोना भएको जनाएका हुन् । ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १८ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने र सुवास खकुरेलले पनि स्वाब दिएका छैनन् । नेपाल क्रिकेट संघ क्यानले बिहीबारबाट बन्द प्रशिक्षण सुरु गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot