Logo

कोदो बारीमा बालिकामाथि बलात्कार



दोलखा, ११ मंसिर । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुपाल्चोक सिपापोखरेका २४ वर्षीय रबि दङ्गाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई दोलखा तामाकोशी गाउँपालिकास्थित कोदो बारीमा जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी छौडे दोलखाबाट खटिएको प्रहरीले दङ्गाललाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot