Logo

प्रचण्डद्वारा रघुजी पन्तलाई अस्पतालमै भेटेर स्वास्थ्यलाभको कामना



काठमाडौं, १३ मंसिर । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपचाररत पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तको स्वास्थ्य स्थितिबारे आज जानकारी लिएका छन् । पन्त उपचारार्थ अस्पताल काठमाडौं मोडेल अस्पतालमा पुगेर दाहालले उनको स्वास्थ्य स्थितिबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभाको कामना गरेका छन् ।

प्रचण्डले पन्तलाई भेटेर स्वास्थ्यलाभ कामना गरेकोबारे अध्यक्ष दाहालको आधिकारिक ट्विटर ह्याण्डल सिएम प्रचण्डमा लेखिएको छ,‘अध्यक्ष प्रचण्डले काठमाडौं मोडेल अस्पतालमा उपचाररत पार्टी स्थायी कमिटी सदस्य कमरेड रघुजी पन्तको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ । आज अपरान्ह अस्पतालमा नेता कमरेड पन्तलाई भेटी अध्यक्ष प्रचण्डले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot