Logo

ओलीप्रति पौडेल आक्रामक देउवा रक्षात्मक



समाचार विश्लेषण । अहिले देशमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा छन् । उनी गत चुनाव अघि भन्थे, ‘कम्युनिस्टको सरकार आयो भने बोल्न पनि पाइँदैन ।’ नभन्दै ओली सरकारको कतिपय नराम्रा काममा देउवा बोल्न छाडेका छन् । कोरोना महामारीमा जनता समस्यामा पर्दा सरकार नभएजस्तै भयो । कोरोना उपचार खर्च निःशुल्क भनियो तर जनताले तेब्बर महङ्गो मूल्य तिरेर औषधोपचार गर्न वाध्य हुनुपर्यो ।

देशमा यो हदसम्मको बेवास्ता र समस्या हुँदा प्रमुख प्रतिपक्षी दलका नेता देउवा भने निरिह जस्तै बने । उनले न त जोडदार आवाज उठाए न त ओली सरकारलाई वाध्य पार्न सके । बरु राज्यका कतिपय नियुक्तिहरुमा बाँडचुडका लागि बालुवाटार धाइरहे । ओली र देउवाबीच सत्ता समिकरणको कुराकानी पनि भयो । यसले काँग्रेसभित्र निकै ठुलो विवाद जन्मायो ।

देउवा ओलीसँग मिलेको जस्तो देखिदै गर्दा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रामक बनेका छन् । उनले बुल्दीखोला पुल उद्घाटमा रोक्न खोज्दा ओलीलाई सिधै चुनौती दिए । लोकतन्त्रविरोधी सम्म भने ।

पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई ज्यान मुद्दामा १४ वर्ष जेल बसेको टिप्पणी गरे । उनले ओलीलाई लोकतन्त्र विरोधी सम्म भने । पौडेलको पछिल्लो कदम र ओलीप्रति आक्रामक शैलीले उनीप्रति काँग्रेसवृत्तमा केही सहानुभूती र उनीबाट आशा जगाएको छ । काँग्रेस कार्यकर्ताले निरिह नभई जुझारु नेता खोजिरहेका थिए ।

ज तनहुँ पुगेर पौडेलले भने, ‘केपी ओली ज्यान मुद्दामा १४ वर्ष जेल बसेका हुन्, मजस्तो लोकतन्त्र स्थापनाका लागि जेल बसेका होइनन् ।’ पौडेलले भने, ‘जोसमा गरिएको झापा काण्ड लोकतन्त्रका लागि हो ?’ बुटल चौधरी हत्या अभियोगमा ओली जेल बसेको भन्दै आफ्नो अगाडि आएर कुरा गर्न चुनौती दिए । पौडेलले ठाडै ओलीलाई चुनौती दिए । उनले भने, मेरो अगाडि आएर केपी ओली कुरा गरुँन् ।

पौडेलले पुल उदघाटनमा रोकिनुपरेपनि एक दिनपछि गरिछाडे । उनले तनहुँबाटै ओलीलाई आक्रामक शैलीमा चेतावनी दिए । देशव्यापी प्रदर्शन गर्ने भन्दै सामना गर्न तयार रहन समेत भने । उनको कडा बोलीलाई अर्थपूर्ण मानिएको छ । उनी ओलीप्रति सभापति देउवाभन्दा निकै कडा छन् । जबकि देउवा संवैधानिक नियुक्तिलगायतमा भाग खोजेर बालुवाटार धाउन छाडेका छैनन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot