Logo

३१ औला भएको बच्चाको जन्म



सबै मानिसहरुको २० वटा हात र खुट्टाका औला हुने गर्छन् । तर चीनको हुनान प्रान्तमा एक यस्तो बच्चा जन्मेको छ जसको ३१ औलाहरु छन् । यो बच्चाको नाम हांग हांग हो । हांग हांग अहिले ४ महिनाकी भइन् । उनको हातको ५ औला र खुट्टाका १६ औला छन् । त्यसमा पनि सबैमा २–२ हांगा जस्तो पलाएका छन् ।

कुनै स्थानमा भने औला नै छैनन् । डाक्टरको अनुसार बच्चालाई पोलिडेक्टलिज्म भएको हो । यो सामान्यतया मानिस, कुकुर र बिरालोमा हुने गर्छ । यस्तो प्रकारको अतिरिक्त औला हुने गर्छन् । प्रायजसो यस्तो समस्या डाक्टरहरुले सर्जरी गरेर हटाउने गर्छन् । अटलांटाको चिल्ड्रेन हेल्थ केयरको अनुसार एक सामान्य स्थितिमा हजार बच्चामा एक बच्चामा प्रभाव पार्न सक्छ । हांगको माता पिताले अपरेशनको लागि आवश्यकता अनुसारको पैसा जम्मा पार्दै छन् ।

यस्तो लक्षण जन्मजात हुने गर्छ र परिवारका सदस्यमा भएमा हुने बढी सम्भावना हुन्छ । हांगको विषयमा पनि यस्तै भएको छ । यस बच्चाको आमाको पनि जन्मजात कै समयमा ६ औला रहेका थिए । उनलाई डर थियो पेटमा हुर्कदै गएको बच्चामा होला भनेर तर दुर्भाग्यवश त्यही नै समस्या भयो । हाल अभिभावकले उनको उपचारको लागि डाक्टरहरुसँग सल्लाह लिइरहेका छन् । उनको उपचारमा २ लाख चीनी युआन लाग्ने डाक्टरहरुले बताइरहेका छन् । हांगको माता पिताले सामाजिक सञ्जालमा पैसाको मद्दत मागिरहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot