Logo

३० वर्षदेखि हराएको यी मानिस घर खोज्दै आए



३० वर्षको उमेरमा हराएका एक व्यक्ति २१ वर्षका थिए । ओन्टारियामा बस्ने एडगर लातुलिप हराउनुको कारण रहस्यमयी थियो, तर ३ दशक पछि अचानक एडगरले आफू हराएको रहस्य आफैले खोलेका छन् । ३ दशक पछि मात्र उनलाइृ आफु को हो भनेर याद आएको बताइरहेका छन् ।

एडगर २१ वर्षको उमेरमा १९८६ मा हराएका थिए । उनले आत्महत्याको प्रयास पनि गरेका थिए त्यसपछि एक अस्पतालमा उनको उपचार चलिरहेको थियो । त्यसै समयमा उनी हराएका थिए । उनी हराउदा प्रहरीले एडगर आत्महत्या गर्नलाई नियाग्रा फल्सतिर गएको बताएको थियो ।

तर, उनकी आमालाई आफ्नो छोरा मानसिक बिरामी भएकोले उनले गरेको गल्तीले कसैले मारिदिएको लागेको थियो । दुई वर्ष अगाडी उनकी आमाले भनेकी थिइन्, ‘जब छोरा हरायो त्यहाँबाट मलाई धेरै रोग लाग्यो ।’

तर, हाल भने प्रहरीले एडगर जिउदो र स्वाथ्य भएको खुलाशा गरेको छ । उनी जहाँबाट हराएका थिए त्यहाँबाट ८० मिल टाढा भेटिएका थिए । उनी हाल ५० वर्षका भईसकेका छन् । उनको भर्खरैमात्र याद फर्किएको हो । उनले एक सामाजिक कार्यकर्तालाई आफु को थिए पहिलो पटक बताएका थिए । उनको डिएनए परिक्षणबाट यो पुष्टि भएको हो ।

हालसम्म पनि आमाले छोरालाई भेटेकी छैनन् तर छोरा जिउदै भएको सुनेर धेरै भावुक भएकी छिन् । प्रहरीको अनुसार एडगरको टाउकोमा चोट लागेको थियो र उनको स्मरण शक्ति गुमेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot