Logo

सलमान खानको फिल्म ‘राधे’ २ सय ३० करोडमा बिक्रि



एजेन्सी, १५ पुस । बलिउडका दबंग सलमान खान हाल फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाई’ लाई लिएर चर्चामा छन् । उनले यो फिल्म २०२१ को इदको अवसरमा  रिलिज गर्ने भएका थिए। सलमानले यो खुशीको खबर आफ्नो जन्मदिनको अवसरमा दर्शकहरुलाई दिएका थिए ।

तर हाल भने सलमानले यो फिल्मको रिलिज गर्ने अधिकार जी स्ट्डियोलाई ठुलो रकममा दिएको खबर बाहिर आएको छ । उनले आफ्नो फिल्म थियर्टसमा रिलिज गर्न चाहेका भएपनि कोरोनाको कारण सोचेजस्तो फिल्म चल्ने अवस्था भने थिएन् । सलमानले यसैकारण निर्णय गर्न फिल्म निर्मातालाई छाडिदिएका थियो ।

बलिउड हंगामा अनुसार सलमानले फिल्म राधेको सबै अधिकार जी स्टुडियोलाई २ सय करोड भन्दा धेरै रकममा बेचेका हुन् । लगभग २३० करोड रुपैयाँमा फिल्मलाई स्याटेलाइट, डिजिटल र म्युजिक अधिकारसहित बेचिदिएका हुन् । सलमान र फिल्मका टिमले आजसम्मको धेरै ठुलो रकममा फिल्म बिक्रि गरेका छन् ।

सलमान खानको जी स्टुडियोले फिल्म खरिद गर्नुको कारण उनको प्रोडक्शनमा बनेको फिल्म ‘कागज’ पनि एक हो । कागज फिल्म पनि जी स्टुडियोबाट नै रिलिज हुँदैछ । यस फिल्ममा पंकज त्रिपाठी देखिएका छन् । सलमान खान हाल आफ्नै भिनाजु आयुष शर्माको फिल्म ‘अन्तिमः द फाइनल टु्रथ’ मा व्यस्त छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot