Logo

मिथुन राशिको २०२१ कस्तो हुने



२०२१ साल मिथुन राशिको लागि सामान्य रहेको छ । यो वर्ष मिथुन राशि भएका व्यक्तिहरुले स्वास्थ्यमा विशेष ध्यान दिनु पर्छ र आफुलाई विशेष फिट राख्ने प्रयास गर्नुपर्छ । आर्थिक स्थिति विस्तारै–विस्तारै बलियो हुँदै जानेछ र आम्दानी पनि बढ्नेछ । यो वर्ष मितव्ययितामा ध्यान दिनुपर्छ ।

प्रतियोगितामा भाग लिन जाने हो भने कडा मेहेनत पछि मात्र सफलता हासिल गर्न सक्नुहुन्छ । विद्यार्थीहरुको लागि केही बाधा व्यवधान अवश्य आउनेछन् । तर अध्ययन भने जारी रहन्छ । तपाइँलाई सफलता त अवश्य मिल्नेछ तर लगातार प्रयास गर्नुपर्छ । तपाइँको आध्यात्मिक विषयमा रुचि बढ्नेछ । पुरातात्विक महत्वका चीजको बारेमा जिज्ञासा बढ्नेछ ।

रोमान्सको लागिः रोमान्सको लागि २०२१ साल निकै उत्कृष्ट ठहरीने छ । वैवाहिक जिन्दगीमा उतार चढाव चलिरहन्छ । रोमान्सले भने सम्बन्ध बलियो बनाउने छ । यदि विवाहित भएमा सालको सुरुवातमा समय केही कमजोर हुनसक्छ । यो समयमा तपाइँको जीवनसाथीले परिवारमा धेरै ध्यान दिनसक्छ । तर पछि स्थिति बदलिन्छ ।

धनको क्षेत्रः धनको दृष्टिले मिथुन राशिको यो वर्षको सुरुवातमा केही कमजोर भएकोले खर्चमा बृद्धि हुन्छ । तपाइँलाई अप्रिलबाट जुलाई २१ को बीचमा केही प्रकारका लाभ मिल्नेछ । त्यसबाट आर्थिक स्थिति फेरी बलियो भएर आउनेछ । यो वर्ष लामो यात्रा हुने योग रहेको छ । तपाईको लागि शेयर मार्केट धेरै लाभदायी हुन्छ ।

करियरको क्षेत्रः यो वर्ष करियरमा निकै उतार चढाव आउनेछन् । मिथुन राशिका व्यक्तिहरुले यो वर्ष जागिरको क्षेत्रमा श्रेष्ठ हुन पाउने योग रहेको छ । २०२१ को मध्य भाग जागिरको लागि राम्रो रहनेछ । जागिर परिर्वतन गर्ने इच्छा त्याग्नु नै उत्तम हुनेछ । लामो यात्रा हुने र यात्रा फलदायी हुनेछ । ठुलो कारोबार गर्ने अनुकुल समय भने हुनेछैन् त्यसकारण सचेत हुनु आवश्यक छ । सानो र निजी व्यापार गर्नेहरुलाई भने यो वर्ष धेरै राम्रो हुनेछ ।

स्वास्थ्य क्षेत्रः मिथुन राशिको लागि स्वास्थ्य क्षेत्रमा २०२१ मा धेरै समस्या हुने छैन् । नियमित काम गरेर तरल पद्धार्थको धेरै सेवन गर्नुपर्छ । जनवरी र फरवरीमा दिन त्यति राम्रो छैन् । स्वास्थ्य प्रति लापरवाही गर्दा नोक्सान हुनसक्छ । यो समयमा स्वास्थ्यको लागि धेरै धनको खर्च हुने योग रहेको छ । यो वर्षको मध्यभागबाट स्वास्थ्यमा सुधार आउनेछ र तपाइँ बलियो हुनु हुनेछ । मे पछि समय अनुकुल हुनेछ । विशेष गरी यो वर्षको अन्तिम महिनामा पनि स्वास्थ्यको लागि धेरै राम्रो हुनेछ तर कुल जोड्दा वर्षभर स्वास्थ्यको लागि बराबरी योग देखिएको छ । सावधान रहनुहोस् । धार्मिक ग्रन्थको आधारमा



प्रतिक्रिया दिनुहोस्

Screenshot