Logo

यी कम्पनीको शेयर मुल्यमा उच्च बृद्धि



काठमाडौं, २८ पुस । आज आठ कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । शेयरमुल्य २८.३१ अंकले बढेको हो । मंगलबार सबैभन्दा धेरै आइएमई जनरल इन्स्योरेन्सको १० प्रतिशतले मुल्य बढेको हो । इन्स्योरेन्सको अहिलेसम्म प्रतिकित्ता ७५ रुपैयाँले बढेर ८२५ रुपैयाँसम्म अन्तिम मुल्य कायम भएको छ ।

आज युनाइटेड फाइनान्सको ९.९० प्रतिशत, अपरतामाकोशीको ९.८९ प्रतिशत, प्रभु लाइफको ९.७८ प्रतिशत, समृद्धि फाइनान्सको ९.७० प्रतिशत र गोर्खाज फाइनान्सको ९.०५ प्रतिशतले शेयर मुल्य बृद्धि भएको हो । गएको हप्ताबाट कारोबार सुरु भएको प्रभु लाइफको शेयर खरिद माग बढी भएपछि मुल्य बृद्धि भएको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्