Logo

नेपाल एसबिआई बैंकको २७ औं साधारण सभाबाट ९.४७ प्रतिशत लाभांश पारित



 

काठमाडौं, २९ पुस । नेपाल एसबिआई बैंकको २७ औं साधारण सभा सम्पन्न भएको छ । बुधबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा बसेको सभाले शेयरधनीलाई चुक्ता पुँजीमा ९.४७ प्रतिशत लाभांश (६ प्रतिशत बोनस तथा ३ं.४७ प्रतिशत) नगद वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले आव ०७६÷०७७ को प्रतिवेदन, आवको विवरण, नाफा नोक्सानका हिसाबमा समेत छलफल गरेको थियो । सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि’ को आव ०७६÷०७७ को वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको जनाएको छ ।

०७७÷०७८ आवको लागि लेखापरिक्षकको नियुक्ति, निजको पारिश्रमिक अनुमोदन गरेको छ । उक्त सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा मर्जर गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत पारित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्