Logo

मिर्मिरे लघुवित्तको लाभांश पुनः संशोधन



काठमाडौं, २९ पुस । मिर्मिरे लघुवित्त सस्था लिमिटेडले प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले गत वर्षको आर्थिक वर्षको लागि १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद लाभांश गरी जम्मा १२.६३ प्रतिशत यस अघि गरेको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले विवरण सुधार गरी पुनः पेश गर्न निर्देशन दिएकोले संशोधन गरेको बैंकले जनाएको छ ।

संचालक समितिको मंगलबार बसेको बैठकले हालको चुक्तापुँजी ३९ करोड ६१ लाख ४६ हजार रुपैयाँको आधारमा ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । पछिल्लो पटक प्रस्ताव गरेको ९.६८ प्रतिशत लाभांश पुनः राष्ट बैंकमा पेश गर्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्