Logo

सुनको मुल्य प्रतितोला ८ सयले घट्यो



काठमाडौं, १ माघ । नेपाली बजारमा बिहीबार सुनको मुल्य घटेको छ । आज सुनको मुल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो ।

आज सुनको मुल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएका थियो । तेजाबी सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा खदिर बिक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot