Logo

सेन्ट्रल फाइनान्सको साधारण सभा माघ २३ मा, १० प्रतिशत लाभांश प्रस्ताव गर्ने



काठमाडौं, १ माघ । सेन्ट्रल फाइनान्स लिमिटेडले साधारण सभा माघ २३ गते बोलाएको छ । फाइनान्सको २४ औं वार्षिक सभा कर्पोरट भवन कुपण्डोल ललितपुरमा हुने जनाएको छ ।

२३ गते हुने सभाले ०७६÷०७७ आवको मुनाफाबाट कायम भएको चुक्तापुँजीको २ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस शेयर गरी जम्मा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

आव ०७६÷०७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी प्रस्ताव पारित गर्ने फाइनान्सले जनाएको छ । संस्थाको प्रबन्ध पत्रको प्रस्तावित संशोधन नियमन निकायबाट कुनै पनि निर्देशन र सुझाव दिएमा सोही अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot