Logo

सुर्य चिन्ह लिन प्रचण्ड पार्टीमा फर्कनुपर्ने ओलीको बोली



काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुर्य चिन्ह आवश्यक परेमा पार्टीमा फर्कनुपर्ने बताएका छन् । उनले सुर्य चिन्ह आफूहरुकै भएको दाबी गर्दै चिन्ह चाहिने भए प्रचण्ड पार्टीमा फर्कनुपर्ने बताएका हुन् ।

हिजो सुर्य चिन्हमा चुनाव लड्न सहमति गरेर तोड्ने अहिले सुर्य चिन्ह नै चाहिने ? ओलीले प्रचण्डतर्फ इंकित गर्दै नेकपाको आफ्नो समूहको काठमाडौंमा भएको प्रदेश १ को कार्यकर्ता भेलामा भने, सुर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुहोस् । २०७४ असोज १४ गते प्रचण्ड र आफूबीच सुर्य चिन्हमा चुनाव लड्ने सहमति भएपनि उल्लंघन भएको उनको भनाई थियो । हिजो सुर्य चिन्हमा चुनाव लड्न नमान्ने र अहिले सुर्य चिन्ह नै चाहिन्छ भनेजस्तो गरेकोमा प्रचण्डतर्फ व्यङ्ग्य गरे ।

ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई नभेटेको दाबी गरे । पछिल्लो समय उनले संवैधानिक इजलासमा रहेका केही न्यायाधीशलाई भेटेको चर्चा चलेको थियो । ओलीले त्यसलाई ठाडै अस्वीकार गरे ।

तस्बिर मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्

Screenshot