Logo

सिटिजन्स बैंकले ल्यायो ‘इन्स्टा बाई’ नयाँ योजना



काठमाडौं, ४ माघ । सिटिजन्स बैंकले ग्राहकहरुलाई वस्तु तथा सेवा खरिद गर्न सजिलो हुने उद्देश्यले ‘इन्स्टा बाई’ नयाँ योजना संचालन गरेको छ । बैंकले देशभरका जुनसुकै मर्चेन्टहरुमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार देखि २ लाख ५० हजार सम्म भुक्तानी गर्दा सो खरिद रकमलाई मासिक किस्ताबन्दीमा परिर्वतन गर्नलाई ‘इन्स्टा बाई’ योजना संचालनमा ल्याएको जनाएको छ ।

यो योजनाअन्तर्गत क्रेडिट कार्ड प्रयोगकर्ताहरुले एकै पटकमा सामान तथा वस्तु खरिद गरेर रकम भुक्तानी गर्न आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनोट गर्न सकिने नयाँ सुविधा लिन सक्नेछन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरुले खरिद गर्ने वस्तु तथा सामानहरुको खरिद रकम ३ महिनादेखि १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्नुपर्ने हुन्छ ।

क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपछि नजिकको शाखा कार्यालयमा पुगेर किस्ताबन्दीको आवेदन दिन सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot