Logo

एक्सेल डेभलपमेन्ट बैंकको लिलामी शेयर बिक्रि आज अन्तिम दिन



काठमाडौं, ४ माघ । एक्सेल डेभलेपमेन्ट बैंकका लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन हो । बैंकले आफ्नो स्वामित्वमा रहेका तीन कम्पनीका संस्थापक समुहको लिलामी शेयर बिक्रि खुला गरेको थियो ।

पुस १९ गतेदेखि आरएमडिसी लघुवित्त, ग्रामिण विकास लघुवित्त र युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर लिलामीमा बिक्रि खुला गरेको थियो । शेयर खरिद गर्दा आवेदकले बोलकबोल न्युनतम १ हजार कित्ताको लागि आवेदन गर्न सक्ने व्यवस्था मिलाएको छ ।

आरएमडिसीको न्युनतम मुल्य ४८५ रुपैयाँ, ग्रामिण विकासको २६९ रुपैयाँ र युनाइटेडको २४१ रुपैयाँ तोकिएको हुँदा उक्त मुल्य भन्दा बढी मुल्य निर्धारण गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot