Logo

ओली भेडा हुन्ः प्रचण्ड



काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेडा भनेका छन् । आज आफू निकट अखिल नेपाल महिला संघको कार्यक्रमलाई राजधानीमा सम्बोधन गर्दै उनले ओलीलाई भेडा भनेका हुन् ।

‘ओली भेडा हुन्,’ प्रचण्डले भने,‘भेडाको हुलमा बसेपछि सिंह पनि भेडा जस्तै बन्दोरहेछ ।’ ओलीले गणतन्त्र र संघीयता नै विघटन गरेको आरोप लगाए ।

आफूले २१ सय वर्ष लामो राजतन्त्रको अन्त गरेर गणतन्त्रलाई जन्म दिएको भन्दै ओलीले त्यसको हत्या गर्न खोजेको आरोप लगाए । उनले भने,‘गणतन्त्रको रक्षाका लागि जस्तोसुकै मूल्य चुकाउन तयार छु ।’ गणतन्त्ररुपी बालक आइसियूमा भएको र त्यसको हत्या गर्न ओली लागेको उनको तर्क थियो ।

‘देशमा २१ सय वर्ष अघिदेखि रहेको गणतन्त्र, अढाई सय वर्ष देखिको निरंकुश शाहवंश अन्त गर्न ७० वर्ष लाग्यो,’ प्रचण्डले भने,‘हामी कदापि त्यसको हत्या गर्न दिनेछैनौं ।’

अदालतको फैसला नआएसम्म त्यसबारे टिप्पणी नगर्ने भन्दै उनले जनअदालतमा अहिले देखि नै गएको बताए । उनले भने,‘अदालतले सही निर्णय गर्छ भन्नेमा हामी विश्वस्त छौं ।’

तस्बिरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot