Logo

ऋषि कट्टेलका कारण एमाले र माओवादी केन्द्र फेरि जन्मनसक्ने



काठमाडौं, ५ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निकट केही व्यक्तिले नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गराएका छन् । अर्कोतर्फ, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमा हुँदा हुँदै नेकपा बनाएर आयोगमा दर्ता भएपछि उनी सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । यसबारे अझै मुद्दा किनारा लागेको छैन ।

अहिले नेकपा विभाजन भएपछि कट्टेलले विगतमा दायर गरेको मुद्दामा धेरैको चासो बढेको छ । उनी आधिकारिकतामा आफ्नो दाबी गरेका छन् । नेकपा दर्ता हुँदा हुँदै अर्को दल त्यही नाममा दर्ता गर्न दिएकोमा असन्तुष्टि समेत पोखेका छन् ।

कट्टेल अहिले विप्लव, मोहन वैद्द किरण र आहुती नेतृत्वमा रहेको दलबीच समिकरण भएको छ । यसले पनि उनलाई बलियो बनाएको छ । त्योभन्दा पनि नेकपाको आधिकारिताबारे निर्वाचन आयोगमा संघर्ष चलिहँदा ऋषि कट्टेलको मुद्दाले नयाँ परिस्थिति ल्याउन सक्ने देखिएको छ ।

कट्टले २०७५ मंसिर २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्न पुगेका थिए । जेठको पहिलो हप्तामै नेकपा एकी भएको थियो । अब कट्टेले दायर गरेको मुद्दाको पक्षमा फैसला भएमा नेकपा विगतमा जस्तै एमाले र माओवादी केन्द्रको अवस्थामा पुग्न सक्छ । त्यतिबेला सुर्य चिन्ह एमालेको थियो । ऋषि कट्टेलले मुद्दा जितेमा नेकपाको उनको समूह नै आयोगबाट खारेज हुनसक्छ । त्यतिबेला एमाले र माओवादी केन्द्र ब्युझिन सक्छ ।

नेकपाभित्र विवाद भइरहँदा निर्वाचन आयोग र सर्वोच्च अदालतले के गर्लान् भन्ने चासो अब झन् बढेको छ । ऋषि कट्टेलको मुद्दाको फैसला चाँडै हुने सम्भावना छ । यसको फैसलाले नेकपा विवादलाई नयाँ मोडमा लान सक्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot