Logo

ओलीले जनता अलमल्याउन चुनावको मिति तय गरे, तर चुनाव हुँदैन् : ज्ञवाली



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रभावशाली नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले आफूहरुले निर्वाचनमा नजाने भनेर नभनेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने,‘हामीले निर्वाचनमा नजाने भनेर भनेका छैनौं, तर यो कामचलाउ सरकारले असंवैधानिक काम गरेर संविधानमाथि प्रहार गरेर जुन तथाकथित चुनावको मिति तय गरेको छ, यसको कुनै सम्भावना छैन् । यो खाली जनतालाई अलमलाउनको लागि र भ्रममा पार्नको लागि मात्रै यो चुनावको मिति घोषणा गरिएको हो । चुनाव हुने सम्भावना हामी देख्दैनौं ।’

ज्ञवालीले आफूहरुले चुनावमा नजाने भनेर नभनेको स्पष्ट पारे । तर, यो सरकारले चुनाव गराउनै नसक्ने उनको जिकिर गरे । ओली सरकारले जनतालाई अलमलाउनको लागि चुनावको मिति तय गरेको पनि उनले टिप्पणी गरे । उनले ओलीले अहिलेसम्म भनेको र बाचा कबुल गरेको कुरा केही पनि पूरा नभएको जिकिर गरे । उनले ओलीले भनेको कुरा पत्याउनलायक अहिलेसम्म नभएको आरोप लगाए । उनले अहिले निर्वाचन नभएर संसद पूनःस्थापना हुनुपर्ने बताए । उनले संसद जीवित भएकोले कसैले पनि संविधान मिच्न नपाउने स्पष्ट पारे । उनले प्रधानमन्त्री ओलीले हाक्काहाक्की संविधान मिचेको कुरा दुनियाँले हेरेको पनि सुनाए । ज्ञवालीले प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावित गर्न खोजिरहेको गम्भीर आरोप लगाएका छन् । उनले आफूहरुको अदालतप्रति पूरा विश्वास रहेको सुनाए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot