Logo

बैंक अफ काठमाण्डूका ग्राहकलाई Lavie रेस्टुरेन्टमा १०% छुट



काठमाडौं, ६ माघ । बैंक अफ काठमाण्डू लिमिटेड र Lavie रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले Lavie रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनेछन् । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्री अमर राजभण्डारीज्यू र Lavie रेस्टुरेन्टका प्रमुख श्री सुदर्शन पौडेलज्यूूले हस्ताक्षर गरेका थिए ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot