Logo

महिला सहयात्राले १०.५३ प्रतिशत लाभांश दिने



काठमाडौं, ८ माघ । महिला सहयात्रा लघुवित्त वित्तिय संस्थाले मुनाफाबाट १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । हिजो बसेको संचालक समितिको बैठकले गएको आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot